२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 25, 2026

बाढीपहिरोले भेरी करिडोर अवरुद्ध



सुर्खेत । बाढीपहिरोका भेरी करिडोर अवरुद्ध भएको छ । मंगलवार साँझदेखि परेको भीषण वर्षाका कारण बाढीपहिरो खस्दा करिडोर पूर्णतः अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार करिडोरको त्रिपुरासुन्दरी नगरपालिका–१, छलघाट बाढीले बाटो बाढीले पूर्णरुपले अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने प्ररहीले जनाए । केही स्थानमा सडक भासिएको छ ।

यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका आठबिसकोट नगरपालिका–६, रिजिगार र भेरी नगरपालिका–४, मुलपानी स्थित बाढीले सडक पूर्णरुपले अबरुद्ध भएको छ । करिडोरको जाजरकोट–डोल्पा सडक खण्ड एकतर्फी रुपमा भएपनि सञ्चालनमा ल्याउने तयारी भईरहेको छ ।

प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार
Translate »