२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 25, 2026

सुर्खेतमा पाँच किलो अफिमसहित एक जना पक्राउ



सुर्खेत । सुर्खेत प्रहरीले छिन्चु नजिकबाट पाँच किलो अफिमसहित एक जनालाई पक्राउ परेको छ ।

प्रहरीले बुधबार जिल्लाको भेरीगंगा नगरपालिका–१०, तालबारीबाट ५ किलो ४ सय ५० ग्राम अफिमसहित जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० का ४६ वर्षिय जयबहादुर बस्नेतलाई रंगेहात पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय छिन्चु र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले भेरीगंगा नगरपालिका–१०, तालबारीमा लागूऔषध अफिमको कारोवार भईरहेको गोप्य सूचनाका आधारमा छापा मारी बस्नेतसहित उक्त मात्राको अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले जानकारी दिए ।

उनले ओसारपसार गर्ने व्यक्ति पक्राउ परे पनि मुख्य व्यक्ति भने फरार रहेको बताए । उनका अनुसार प्रहरीले एकैपटक ५ किलो ४  सय ४० ग्राम अफिम बरामद गरेको यो हालसम्मकै सबैभन्दा ठुलो परिणाम हो ।

प्रहरीले अनुसन्धानका क्रममा बरामद अफिमको प्रारम्भिक मूल्य ८ लाख ८६ हजार ४ सय रुपैयाँ रहेको जनाएको छ । पक्राउ परेका बस्नेतले भने भारतमा पु¥याउन सके यसको मूल्य ५ करोड रुपैयाँसम्म पुग्ने बताए ।

अन्तर्राष्ट्रिय बजारमा अफिम हेराइन बनाउन प्रयोग हुन्छ । कर्णालीका कतिपय जिल्लामा अहिलेपनि लुकीछिपी अवैधरुपमा अफिम खेती हुने गरेको प्रहरीको भनाइ छ ।

सो अफिम भारत लैजान खोजिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले बताए । अफिमसहित पक्राउ परेका बस्नेत माथि थप आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहीबार
Translate »