राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तिरक विवाद थप बढ्दै गएको छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेका छन् ।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमार्फत गिरीलाई पदमुक्त गरेको जानकारी गराइएको हो ।


