

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री दुई प्रमुख दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली काँग्रेसका शीर्ष नेताहरु बीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठक केहीबेर अघिमात्रै सकिएको हो । बैठकमा संसद्मा विचाराधिन विधेयकहरु, कानुन संशोधनका विषयमा केन्द्रीत भएर नेताहरूबीच छलफल भएको छ ।
छलफलमा प्रधानमन्त्री एवं (एमाले) का अध्यक्ष ओली, काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री एवं काँग्रेसका नेता रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाललगायत सहभागी छन् ।
प्रकाशित मिति : २०८२ साउन १५ गते बिहीबार












