२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 24, 2026

सगरमाथा वृक्षारोपण महाअभियानमा खटिने सुर्खेतका २२ जना कर्मचारीलाई कदरपत्र



सुर्खेत । सरकारले सञ्चालन गरेको सगरमाथा वृक्षारोपण महाअभियानमा खटिने सुर्खेतका २२ जना कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

डिभिजन वन कार्यालय सुर्खेतले आज एक कार्यक्रमको आयोजना गरी अघिल्लो महिना असार १४ गतेदेखि श्रावण १५ गतेसम्म सञ्चालन गरिएको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ लाई सफल पार्न महत्वपूर्ण योगदान पु¥याउने २२ जना कर्मचारीलाई कदर पत्रसहित पुरस्कृत गरेको हो ।

सम्मान कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले अभियानलाई सफल बनाउन योगदान दिने कर्मचारीलाई कदर पत्रसहित पुस्तकृत गरेका हुन् ।

एक महिनासम्म सञ्चालन गरिएको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ अन्तर्गत प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सौन्दर्यमूलक प्रजातिका विरुवा रोपण गरी हरियाली प्रवद्र्धनसँगै खाली वनमा काष्ठ तथा गैरकाष्ठ प्रजातिका विरुवा रोपण गरी वन विकासमा सहयोग पु¥याउने कर्मचारीलाई कदरपत्रसहित सम्मान गरिएको डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख बसन्तबाबु श्रेष्ठले जानकारी दिए ।

उनले वीरेन्द्रनगरको सडक किनारा, डिभाइडर, विद्यालय, मठ मन्दिर लगायतका सार्वजनिक स्थानहरुमा संरक्षणको सुनिश्चितता सहित गोल्डमोहर, वीरेन्द्रफुल, पारिजात, कल्कीफुल, छतिवन, निम, स्वामी लगायतका सौन्दर्यमूलक प्रजातिका १ हजार १ सय ११ वटा विरुवा रोपण गरिएको बताए ।

उनका अनुसार कार्यालयको कार्यक्षेत्रभित्रका सामुदायिक वनहरुको १४ हेक्टर खाली क्षेत्रमा काष्ठ तथा गैरकाष्ठ प्रजातिका २२ हजार ४ सय विरुवा रोपण गरिएका छन् ।

 

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार
Translate »