प्रहरी श्रीमती संघद्वारा सरसफाई तथा खाद्यन्न वितरण

सुर्खेत । नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशले वीरेन्द्रनगरका धार्मिक स्थलहरुको सरसफाई तथा खाद्यन्न वितरण गरेको छ ।

संघले आफ्नो ४१ औं वार्षिकोत्सवको अवसर पारेर प्रसिद्ध देउती बज्यै मन्दिर र लाटीकोईलीमा रहेको शिव मन्दिर परिसरको सरसफाईसँगै विपन्नलाई खाद्यन्न वितरण गरेको हो ।

संघका कर्णाली प्रदेश अध्यक्ष सुमन श्रेष्ठको नेतृत्वमा गएको टोलीले लाटीकोईली स्थित शिव मन्दिरमा रहेका बाबाहरुका लागि दाल, चामल, पिठो, तेल र तरकारी लगायतका खाद्यन्न वितरण गरेका हुन् ।

सरसफाई तथा खाद्यन्न वितरण कार्यक्रममा संघका कर्णाली प्रदेश सचिव भूमिका तारमी घर्तीमगर, सह–सचिव मिनाकुमारी शर्मा, सदस्य गायत्री केसीलगायतका पदाधिकारी तथा प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Translate »