२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 24, 2026

साउन २१ गतेदेखि कर्णाली प्रदेश सभाको छैठौं अधिवेशन अन्त्य हुँदै



सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको छौठौं अधिवेशनले साउन २१ गते राती १२ बजेबाट अन्त्य गर्न लागिएको छ ।

कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्री परिषद् बैठकले उक्त निर्णय प्रदेश प्रमुख यज्ञराज जोशी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको परमादेश २०८२/०२/०७ बमोजिम जाजरकोट जिल्लाको जुनिचादे गाउपालिकाको प्रशासनिक केन्द्र सोही गाउपालिका–४, लुहादहमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रवक्ता विनोदकुमार शाहले बताए ।

उनले प्रदेशका कार्यालयमा सूचनाको हक कार्यान्वयन भए /नभएको विषयमा अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गरिने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार मन्त्रीपरिषद् बैठकले प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयको सचिवमा कागकाजमा खटाउने निर्णय गरेको छ । बैठकले पत्रकारिता पुरस्कार वितरण कार्यबिधि २०८२ लाई समेत स्वीकृत गर्ने निर्णय बैठकले गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार
Translate »