२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 24, 2026

मदिरा सेवन गरेर परीक्षा दिन आएका परीक्षार्थी पक्राउ



सुर्खेत । सुर्खेतमा मदिरा सेवन गरेर परीक्षा दिन आएका एक परीक्षार्थी पक्राउ परेका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगर–१३, गुप्तीपुरस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयमा सञ्चालित नेपाल कानुन व्यवसायी परिषद्को ३३ औं अधिवक्ता तहको परीक्षा दिन आएका परीक्षार्थी दैलेखको दुल्लु नगरपालिका–५, का ४५ वर्षीय नगेन्द्रबहादुर थापाले मदिरा सेवन गरेर परीक्षा दिन खोज्दा प्रहरीले पक्राउ गरेको हो ।

मापसे सेवन गरी परीक्षामा बाधा पु¥याउने मनसाय देखिएकाले थापालाई नियन्त्रणमा लिएर कानून अनुसार आवश्यक कार्वाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार
Translate »