कर्णाली प्रदेश स्थापना दिवस तीन दिन मनाइने

सुर्खेत । कर्णाली सरकारले प्रदेश स्थापना दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको छ ।

आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको बैठकले ‘प्रदेश स्थापन तथा सहिद दिवस २०८२’ आगामी भदौ ३, ४ र ५ गते मनाउने निर्णय गरेको हो ।

प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल संयोजक रहने गरी प्रदेश स्थापना तथा सहिद दिवस मूल समारोह समिति गठन गरिएको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले जानकारी दिए ।

जन आन्दोलनकै जगमा २०७२ भदौ ४ गते साविक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान तथा रुकुमपश्चिमलाई समेटेर कर्णाली प्रदेश गठन गरिएको थियो ।

२०७२ सालको संविधानसभाबाट संघीयताको खाका सार्वजनिक भएपछि कर्णाली प्रदेशको स्थापना भएको हो ।

 

Translate »