

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले बहुविवाहलाई मान्यता दिने कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको बताएका हुन् ।
लोकतन्त्रका लागि लडेर आएका आफूहरुले यस प्रकारको कानुनको कल्पना पनि गर्न नसक्ने उनले बताए ।
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार











