गुडिरहेको फोर्स गाडीबाट खसेर गुटुका एक युवाको मृत्यु

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका–१०, गिरीघाट नजिक गुडिरहेको फोर्स गाडीको ढोकाबाट खसेर एक जना युवाको मृत्यु भएको छ ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटुदेखि सदरमुकाम वीरेन्द्रनगर आउँदै गरेको बा.५ ख–१७४१ नम्वरको फोर्स गाडीको ढोकाबाट खसेर घाईते भएका चौकुने गाउँपालिका–७, गुटु निवासी २१ वर्षिय गगन थापाको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गाडीको ढोकाबाट खख्दा टाउकोमा गम्भीर चोट लागेर घाइते भएका थापालाई सोही गाडीमा राखेर प्रदेश अस्पताल कालगाउँमा पु¥याएपछि उपचारकै क्रममा सोमबार दिउँसो सवा २ बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वकिल सुनारले जानकारी दिए ।

उनका अनुसार उनको शव प्रदेश अस्पतालको शव गृहमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Translate »