घुस लिने वरिष्ठ वन अधिकृत यादवविरुद्ध मुद्धा


काठमाडौं । सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस लिने कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बि–मार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग रु सात लाख ३१ हजार बराबरको घुस लिएको अभियोग लागेको छ ।
आयोगले आरोपी यादवविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

