प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब भित्रियो

काठमाडौं । गत आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा अवधिमा १२ अर्ब २ करोड रुपैयाँ प्रत्यक्ष लगानी आप्रवाह (इक्विटी मात्र) भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४१.८ प्रतिशत हो ।

अघिल्लो आर्थिक वर्षमा भने ६ अर्ब ४९ करोड रुपैयाँ लगानी भित्रिएको थियो । सो वर्ष उक्त लगानी ६.२ प्रतिशत बढेको थियो ।

Translate »