२०८३ साउन ३० , शनिबार
Sky News Nepal
August 16, 2026

अम्विका देवी वनमा ३ सय विरुवा रोपण गरियो



वीरेन्द्रनगर । सन्त रामपालजीका अनुयायीहरु कविर उपासक समाज सुर्खेतको आयोजनामा वीरेन्द्रनगर ११, को अम्विका देवी सामुदायिक वनमा ३ सय विरुवा रोपण गरिएको छ ।

समाजले भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतको सहयोगमा हरितालिका तीज पर्वको अवसर पारेर सितलचिनी, हर्रो, वर्रो र रिठ्ठा लगायतका विरुवा रोपण गरेको हो ।

वातावरण संरक्षणमा जोडिएको कविर उपासक समाजका बालाराम बाँस्तोला, शिव रेग्मी, सामुदायिक वनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार
Translate »