सल्यानमा जीप दुर्घटना हुँदा १९ जना घाईते


सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
जिल्लाको शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगर आउँदै गरेको लु १ ज २३६८ नम्बरको जीप शारदा नगरपालिका–१२ रेशमजिउला नजिकै दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् ।

घाइतेहरुको सल्यान श्रीनगर स्थित विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।
उनका अनुसार जीप चालक प्रहरीको नियन्त्रणमा रहेको र जीप सडकबाट पाँच मिटर तल खसेको छ । जीप अनियन्त्रित भई दुर्घटना भएको उनको भनाइ छ ।

