सुर्खेत प्रहरीद्वारा मानव वेचबिखन मुद्धाका फरार प्रतिवादीलाई कुवेतबाट पक्राउ


वीरेन्द्रनगर । सुर्खेत प्रहरीले मानव वेचबिखन तथा ओसारपसार मुद्धामा दश वर्षदेखि फरार प्रतिवादीलाई कुवेतबाट पक्राउ गरेको छ ।
प्रहरीले भेरीगंगा नगरपालिका–२, सप्तरी स्थित समझींघाका ३९ वर्षिय कृष्ण सुनारलाई इन्टपोलबाट रेड नोटिस गरेर कुवेतबाट पक्राउ गरेको हो ।
फरार प्रतिवादी सुनारले २०७२ असार २७ गते परिवर्ति नाम ६४ वीरेन्द्रनगर क ८ लाई विवाह गर्छु भनि विभिन्न किसिमको प्रलोभनमा पारेर भारतको हिमाचल प्रदेशको राजधानी सिम्लामा लगेर वेचविखन गरेका थिए । वेचबिखनपछि पीडित ६४ वीरेन्द्रनगर क ८ ले हिमाचलको सिम्लाबाट जेनतेन सुर्खेत फर्केर प्रतिवादी सुनार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा सुर्खेतमा जाहेरी दर्ता गराएकी थिईन् ।

जाहेरी पश्चात वरादातदेखि नै फरार रहेका सुनारलाई उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई अन्तराष्ट्रिय स्तरमा खोजतलास गर्ने क्रममा इन्टपोलबाट रेड नोटिस जारी भएपछि कुवेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए ।
उनले प्रतिवादी कृष्ण सुनारलाई (एनसीबी) नेपाल र (एनसीबी) कुवेतको समन्वयमा कुवेतबाट पक्राउ गरी नेपाल प्रहरी प्रधान कर्यालय अपराध अनुसन्धान विभाग (ईन्टपोल शाखा नक्साल काठमाण्डौं) मार्फत सुर्खेत ल्याईएको बताए ।
उनका अनुसार प्रतिवादी सुनालाई काठमाडौंबाट सुर्खेत ल्याएर मानव वेचबिखन ओसारपसार मुद्दामा जिल्ला अदालत सुर्खेतबाट म्याद थप गराएर अतिरिक्त अनुसन्धान अघि बढाईएको छ ।

