

अछाम । भिरबाट खसेको ढुङ्गा लागेर अछाममा दुई जनाको मृत्यु भएको छ।
गएराति परेको अविरल बर्षाका कारण जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८, वारला चुरेखुलिमा माथिबाट ढुङ्गा खस्दा लागेर दुई जनाको मृत्यु हुनुको साथै अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ बर्षिया निम खनाल र मङ्गलसेन नगरपालिका–६ तेसिंगेका ७ बर्षिया बालिका कविता भण्डारी रहेका छन् । यस्तै ढुङ्गा लागेर सँगै रहेकी मंगलसैन नगरपालिका–६, कि रत्नकला भण्डारी घाइते भएको अछाम प्रहरीले जनाएको छ।
मृतक बालिका मंगलसैन नगरपालिका–६ कि रत्नकला भण्डारीकी छोरी हुन । निम खनाल घर नजिकै अन्दाजी ५० मिटर टाढा खेतबारीमा त्रिपाल टाँगी सुतिरहेको अवस्थामा टहरा भन्दा माथि भीरबाट ढुङ्गा खसेको थियो । घाइते रत्ना भण्डारीको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।











