स्काई न्यूज दैनिकको प्रवक्तामा नारायण आचार्य


सुर्खेत । स्काई न्यूज दैनिकको प्रवक्तामा नारायण आचार्य नियुक्त भएका छन् ।
दैनिकको व्यवस्थापन पक्षले आज आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि दैनिकको प्रशिक्षु बजार ब्यवस्थापकको रुपमा कार्यरत आचार्यलाई प्रवक्ताको अतिरिक्त जिम्मेवारी दिईएको बताईएको छ ।

ईमानदार र स्वच्छ छविका आचार्यलाई प्रवक्ताको जिम्मेवारी तोकिएसँगै स्काई न्यूज दैनिकको थप जनसम्पर्क मजबुद हुने अपेक्षा राखिएको छ ।
दैनिकले प्रदान गर्दै आईरहेका सेवाहरुमा थप गुणस्तरीयता बढाउन आचार्यलाई व्यवस्थापन पक्षले सञ्चार सामाग्री समेत उपलब्ध गराएको जनाएको छ । उक्त अवसरमा दैनिकले दिएको जिम्मेवारीलाई आफुले कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता आचार्यले व्यक्त गरे ।

