सामान्य बन्दै सुर्खेतको जनजीवन


सुर्खेत । जेनजीको अराजक प्रदर्शनका कारण तनावग्रस्त कर्णाली प्रदेश राजधानी सुर्खेतको जनजीवन आज क्रमस सामान्य बन्दै गईरहेको छ ।
सर्खेत सदरमुकाम वीरेन्द्रनगरमा शान्ति सुरक्षा कायम राख्न नेपाली सेना परिचालित भएपछि जनजीवन क्रमशः शान्त बन्न थालेको हो । नेपाली सेना परिचालन भएपछि सामान्य चहलपहल बढिरहेको देखिन्छ । यतिबेला वीरेन्द्रनगरका मुख्य सडकमा नेपाली सेनाको टोली खटिएको छ ।


वीरेन्द्रनगर स्थित मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय तथा सरकारी अड्डामा सेनाको उपस्थिति रहेको छ । सरकारी कार्यालय आसपासका क्षेत्रमा सेनाले गस्ती बढाएको छ । बजार क्षेत्रमा छिटपुट पसल खुल्न थालेका छन् । सर्वसाधारणको फाटफुट आवतजावत भईरहको छ भने सडकमा निजी यातायातका साधन आवतजावत गर्न थालेका छन् ।
यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले शान्ति सुरक्षा कायम राख्न जिल्ला सदरमुकाम वीरेन्द्रनगरको सुब्बाकुनादेखि बाङ्गेसीमलसँगै रत्नराजमार्गको उत्तर क्षेत्रमा मात्र निषेधाज्ञा जारी रहेको बताए । सुर्खेतमा हिजो ४ बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।


