जेनजी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा, परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिइने


काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदबहाली गर्दै उक्त निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

सरकारले आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिस्वरूप १० लाख रुपैयाँ दिने र घाइतेहरूको उपचार गर्ने निर्णयसमेत गरेको छ ।
गत सोमवार र मंगलवार भएको आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगेको मुख्यसचिव एकनारायण अर्याललाई उध्दृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाएका छन् । आर्थिक अभियानबाट भने यसको पुष्टि भएको छैन ।

