सैनिक आवासीय महाविद्यालयले सिद्धपाइला विद्यालयलाई ५ गोलले हरायो


सुर्खेत । सैनिक आवासीय महाविद्यालय सुर्खेतले सिद्धपाइला इङ्ग्लिस मिडियम विद्यालयलाई ५ गोलको अन्तरले पराजित गरेको छ ।
आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको अन्तरविद्यालय ‘सैनिक आवासीय महाविद्यालय सुर्खेत कप’ को उद्घाटन खेलमा सैनिक आवासीय महाविद्यालय सुर्खेत (बी) ले वीरेन्द्रनगरकै सिद्धपाइला इङ्ग्लिस मिडियम विद्यालयलाई ५–० गोलले पराजीत गरेको हो ।
कर्णालीमा फुटवल खेलको विकासका लागि सहयोग पु¥याउने उद्देश्यले आयोजित प्रतियोगिताको उद्घाटन सैनिक आवासीय महाविद्यालयका प्रिन्सिपल प्रेमबहादुर विश्वकर्मा र महाविद्यायका (व्यवस्थापक) प्रमुख सेनानी लक्ष्मण खड्काले संयुक्तरुपमा गरेका हुन् ।


खेलको उद्घाटन गर्दै महाविद्यालयका प्रमुख सेनानी खड्काले खेलाडीलाई अनुशासीत भएर खेल्नका लागि आव्हान गरे । त्यस्तै प्रिन्सिपल विश्वकर्माले फुटबल विश्वमै सबैभन्दा बढी रुचाइएको खेल भएकाले खेलाडीलाई आफ्नो कलात्मकता पस्किन सुझाव दिए ।
दश वटा टीम सहभागी ‘सैनिक आवासीय महाविद्यालय सुर्खेत कप’ सिजन –४, अन्तर्गत नकआउट चरणमा भोली तीन वटा खेल हुने आयोजकले जानकारी दिएका छन् ।


