भारतमा गाडी दुर्घटना : सल्यानका चार जनाको मृत्यु

सल्यान । रोजगारीका सिलसिलामा भारत गएका सल्यानका ४ जनाको गाडी दुर्घटनामा परि मृत्यु भएको छ । दुर्घटनामा तिन जना घाइते भएका छन् ।

जिल्लाको कुमाख गाउँपालिका ४ बस्नेत जिउलाका एकाघरका तीन सहित ४ जनाको भारतको हिमाचल प्रदेशको सिम्ला जिल्लाको कोटखाइमा गाडी दुर्घटनामा परि मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ३६ वर्षका राजेश बिष्ट, ४८ वर्षीय डिल्ली शाही, ३७ वर्षीय एकेन्द्र शाही र २६ बर्सिया लक्ष्मी शाही रहेको कुमाख गाउँपालिका ४ का वडाध्यक्ष शोभिलाल बस्नेतले जानकारी दिए । उनका अनुसार घाइते हुनेमा सोही ठाउँका २६ वर्षीय हिम बहादुर शाही, ३६ वर्षीय नेव बहादुर शाही र २२ वर्षका हेमन्त शाही रहेका छन् ।

मृतक र घाइते एकै गाउँका रहेको उनले बताए । मृत्यु हुने तीन जना एकै परिवारका रहेको उनले बताए । आइतबार बिहान ९ बजे डेराबाट एक घण्टाको दुरीमा काम गर्न जाने क्रममा एचपी ६३७८९७ नम्बरको पिकअप गाडी दुर्घटनामा परेको थियो ।

गत साउन महिनामा रोजगारीको सिलसिलामा भारत पुगेका उनीहरू दुर्घटनामा परी ज्यान गुमाएपछि गाउँ शोकमा डुबेको छ । मृतकको शव पोस्टमार्टमपछि नेपाल ल्याउने पहल भइरहेको छ भने घाइतेहरूको उपचार सिम्लामै भइरहेको छ ।

Translate »