राउटेलाई तरकारी, विस्कुट तथा श्रृगार सामाग्री सहयोग


सुर्खेत । सुर्खेतको लेकबेसीमा बस्दै आएका राउटे समुदायलाई तरकारी, विस्कुट तथा श्रृगार सामाग्री सहयोग गरिएको छ ।
नजिकिँदै गएको दसैंलाई लक्षित गरी अपाङ्गगता भएका आदीवासी जनजाती लागि अनुसन्धान र विकास केन्द्रले एशियाका आदीवासी जनजातीका लागि एक्यबद्धता कोषको सहयोग तथा सोसेक नेपालको समन्वयमा उक्त सहयोग गरेको हो ।


नीति सम्वाद कार्यक्रम फिल्ड भिभिजका क्रममा राउटे समुदायलाई मुला, काउली, बन्दा गोभी, विस्कुट र महिलाका लागि श्रृगार सामाग्री सहयोग गरिएको अपाङ्गगता भएका आदीवासी जनजाती लागि अनुसन्धान र विकास केन्द्रका सचिव संगीता मगरले बताईन् ।
उनले फिल्ड भिजिटमा केन्द्रका अध्यक्ष प्रथमा श्रेष्ठ, सदस्य रत्ना राना, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ्ग, मानव अधिकार आयोगका अधिकृत किरण बरामलगायतको सहभागिता रहेको थियो ।


