नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ


काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
पद तथा गोपनियताको सपथ लिनुहुने मन्त्रीहरुमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, कृषि मन्त्री मदन परियार र उद्योग, वाणिज्य तथा आपूर्तिका साथै कानुन मन्त्रीमा अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदिश खरेल रहेका छन् ।

