२०८३ साउन २६ , मंगलबार
Sky News Nepal
August 11, 2026

प्रहरी श्रीमती संघद्वारा कारागारमा निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श



सुर्खेत । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले सुर्खेत कारागारमा निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम गरेको छ ।

संघले कर्णाली प्रदेश प्रहरी अस्पतालको प्राविधिक सहयोगमा सुर्खेत कारागारका कैदी बन्दीलाई निःशुल्क स्वास्थ्य चेकजाँच, औषधी वितरण तथा स्वास्थ्य परामर्श कार्यक्रम गरेको हो । निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ४५ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएका छन् ।

ती मध्य कारागारका १ सय ८५ जना पुरुष, २७ महिला कैदीबन्दीसहित एक जना आश्रीत बालकले शिविरबाट स्वास्थ्य लाभ लिएको नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिईन् ।

शिविरमा कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख डा. श्यामकृष्ण लौडारी, डा. विविक पन्थीका साथै अन्य अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र प्रहरी कर्मचारीले स्वास्थ्य चेकजाँच, औषधी वितरण तथा स्वास्थ्य परामर्श गरेका गरेका थिए ।

उक्त अवसरमा कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) माधवप्रसाद श्रेष्ठ, सुर्खेत प्रहरी प्रमुख (एसपी) सुधिरराज शाही, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख (एसपी) भावेश रिमाल, कर्णाली प्रदेश प्रहरी गण सुर्खेतका गण प्रमुख (एसपी) प्रेमसागर केसी, नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका सचिव भूमिका तारमी घर्तीमगर साथै सदस्यहरु अस्मिता खनाल, गायत्री केसीसँगै कारागार कार्यालय सुर्खेतका कारागार प्रशासक लक्ष्मी खरेललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधबार
Translate »