चाडपर्वमा यातायात आवगमनलाई सहज बनाउन मुख्यमन्त्री कँडेलको आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चाडपर्वमा यातायात आवगमनलाई सहज बनाउन आग्रह गरेका छन् ।

प्रदेशको पछिल्लो शान्ति सुरक्षा लगायत समग्र अवस्थाबारे छलफल तथा समिक्षा गर्न आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले चाडपर्वको समयमा यातायात क्षेत्रलाई सहज र व्यवस्थित गर्न सुरक्षा निकायलाई आग्रह गरेका हुन् ।

चाडपर्वको समयमा सहज यातायातको व्यवस्थापनबारे प्रदेश सरकार सजक रहेको बताउँदै उनले मुख्य चाडपर्व नजिकिएकाले यातायात व्यवस्थित र सहज बनाउन आग्रह गरेका हुन् ।

मुख्यमन्त्री कँडले कानून विपरित हुन सक्ने आपराधिक घटनालाई नियन्त्रण गर्न सम्बद्व सुरक्षा निकायसहित सबैले आ–आफनो ठाँउवाट योगदान, समन्वय तथा सहजीकरण गर्न समेत आव्हान गरे ।

मुख्यमन्त्री कँडेलको अध्यक्षमा बसेको बैठकमा प्रमुख सचिव वीरेन्द्रकुमार यादव, उत्तरपश्चिम पृतनापति दिपेशजंग शाह, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय, कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी माधव श्रेष्ठ, शसस्त्र प्रहरी महेश्वरी बाहिनीका कामु बाहिनीपति विनोदराज श्रेष्ठलगायत प्रदेश तहका सबै सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Translate »