२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, नौ जना घाईते



हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४, देसीखोला नजिक बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा चालकसहित १२ जनामध्ये आमा छोरासहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा चंखेली–६, का स्थायी बासिन्दा ग्लोबल बैङ्क कालिकोटमा कार्यरत अन्दाजी २७ वर्षका मनवीर बुढा, सोही गाउँपालिका चरीगाउँ माईत भएकी हुम्लाको सिमकोट गाउँपालिकाको स्याडा स्वास्थ्य चौकीमा कार्यरत अनमी अन्दाजी ३० वर्षिया बसन्ती बुढा र उनको २ वर्षिया छोरा देवाङस बुढा रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते मध्ये ७ जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत ल्याईएको छ । शुक्रबार बिहान करिब ११ बजे चंखेली गाउँपालिका–६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जिप दुर्घटना भएको हो ।

हुम्ला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले दुर्घटनमा परेको जिपमा १२ जना यात्रु रहेको खुलेको बताए । उनका अनुसार अन्य घाइतेहरुको उपचार भने स्थानीय स्वास्थ्य चौकीमा भइरहेको छ ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रबार
Translate »