हुलाक निर्देशनालयद्वारा अनुगमन तथा सहकार्यका लागि समन्वय

सुर्खेत । हुलाक निर्देशनालय सुर्खेतले अनुगमन तथा सहकार्यका लागि समन्वय अभियानलाई तीव्रता दिएको छ ।

निर्देशनालयले असोजको अन्तिम हप्ता स्थानीय हुलाक कार्यालय गुर्भाकोट, लेकबेशी, सिम्ता, भेरीगंगा, चिङ्गाड, पञ्चपुरी, बराहताल र चौकुनेको अनुगमन गरेको हो । अनुगमन टोलीमा हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डे, शाखा अधिकृत सुनिताकुमारी खत्री र खरिदार नारायणप्रसाद तिमिल्सेना रहेका थिए ।

अनुगमनका क्रममा डाँक ढुवानी, सेवा प्रवाह, कार्यालय व्यवस्थापन, भौतिक साधनको अवस्था आदि विषय हेरिनुका साथै कर्मचारीलाई सेवा प्रवाहचुस्त, दुरुस्त, छिटोछरितो र मितव्ययी बनाउने सम्बन्धमा अभिमूखीकरण समेत गरिएको थियो ।

अनुगमनका क्रममा अनुगमन टोलीद्वारा हुलाक कार्यालय रहेका गाउँ तथा नगरपालिकाहरुसँग समन्वय गरी सेवा प्रवाह र कार्यालय व्यवस्थापन सम्बन्धमा सहकार्य र समन्वय गर्ने विषयमा समेत छलफल भएको थियो ।

Translate »