कर्मचारी नेता सुशील केसीलाई मातृशोक

सुर्खेत । नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय पूर्व महासचिव सुशील केसीलाई मातृशोक परेको छ । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रिय सदस्य समेत रहेका केसीकी आमाको गएराती आफ्नै निवास सुर्खेतको वीरेन्द्रनगरमा निधन भएको हो ।

सुर्खेतको वीरेन्द्रनगर–१२, नेवारे निवासी समाजसेवी स्वर्गीय लोकबहादुर खत्रीकी श्रीमति तथा किशोर केसी, राजु केसी, सुशील केसी, रमा केसी पन्त, ज्ञानु केसी शर्मा र मिथिला केसी आचार्यकी ९१ वर्षिया आमा भगवती खत्रीको गएराती निधन भएको नेपाल निजामति कर्मचारी युनियन सुर्खेतका सल्लाहकार लवविक्रम शाहले जानकारी दिए ।

उनले स्वर्गीय आमा भगवती केसीको आज दिउँसो १२ बजे तिर भेरी नदीको समझीघाट सुर्खेतमा अन्तिम दाह संस्कार गरिने बताए । यता नेपाल निजामति कर्मचारी युनियनका पूर्व केन्द्रिय उपाध्यक्ष नृपजंग शाहीले यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गरिरो समवेदना प्रकट गरेका छन् ।

Translate »