कर्णालीमा हवाई उद्दार

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्दार कार्यक्रम वरदान सावित भएको छ । हवाई उद्दार कार्यक्रमले सुरु भएदेखि कर्णालीका गर्भवती तथा सुत्केरी धेरै महिलाको ज्यान बचेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरर्गत राष्ट्रपति महिला सशक्तीकरण परियोजना राष्ट्रपति महिला उत्थान समन्वय एकाइमार्फत कर्णालीका गर्भवती तथा सुत्केरीको ज्यान बच्दै आएको हो । सरकारको यस्ता कार्यक्रमले धेरै हदसम्म कर्णाली जस्ता भौगोलिकरुपमा दुर्गमका बासिन्दाका लागि प्रभावकारी देखिन्छ । यद्यपि ! यस्ता कार्यक्रमका बारेमा थप प्रचारप्रसार र जनचेतना फैलाउन आवश्यक देखिन्छ । कर्णाली सबै ठाउँमा सुविधा सम्पन्न अस्पताल नभएका कारण यो कार्यक्रम मार्फत हेलिकोप्टरबाट निःशुल्क उद्दार गरेर सुविधा सम्पन्न ठाउँमा लिएर सुत्केरीको उपचार तथा गर्भवतीलाई सुत्करी गराउँदा धेरै महिलाहरुको अकालमा ज्यानबाट जोगिने गरेको छ । यो कार्यक्रम मार्फत कर्णालीसँगै सुदूरपश्चिमका बाजुरा र अछामका गर्भवती तथा सुत्केरीको ज्यान बच्दै आएको छ । पछिल्लो समय कर्णालीका कालिकोट, हुम्ला, मुगु, जुम्ला, डोल्पालगायतका विकट जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम हवाई उद्दार सेवाले धेरै गर्भवती तथा सुत्केरी महिलाले राहत पाएका छन् ।

स्थानीय स्तरमा उपचार सम्भव नहुने कर्णालीमा गर्भवती तथा सुत्केरीको हेलिकोप्टरबाट उद्दार हुन थालेपछि अकालमा ज्यान गुमाउनुपर्ने अवस्था केही हदसम्म कम भएको छ । २०७६ सालबाट दुर्गमका गर्भवती तथा सुत्केरीलाई हवाई सेवाबाट निःशुल्क उद्दार गर्ने कार्य थालिएको हो । कर्णाली प्रदेशका ९ जिल्ला, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका समेत केही जिल्लाबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत बेस बनाएर उद्दार गर्ने गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७३ बनेपछि नेपालमा २०७३ फागुन २४ बाट ३५ जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन भएको हो । यस कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५/०७६ मा दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या भई जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याउने गरिएको छ ।  साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लागि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्दार सेवा कार्यक्रम सञ्चालन गरिएको हो । यस्ता कार्यक्रम मार्फत प्रसव समस्या न्यूनीकरण गरी मातृ शिशु मृत्युदर कम गर्ने सरकारको मुख्य उद्देश्य रहेको छ ।

हाल सम्म कर्णाली क्षेत्रका एक हजार बढी गर्भवती तथा सुत्केरी महिलो निःशुल्क हवाई उद्दार सेवा लिई सकेका छन् । कर्णालीका रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्लाबाट उद्दार गरिएका अधिकांश सुत्केरी तथा गर्भवतीको प्रदेश अस्पताल सुर्खेत र नेपालगन्ज स्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार हुने गरेको छ । नेपाली सेनाको पश्चिम वेश सुर्खेतबाट जाने हेलिकोप्टरले उद्दार गर्ने गरेको छ । कर्णालीका ३१ पालिकामा मात्र आधारभूत अस्पताल रहेका छन् । कर्णालीका १० जिल्लाका ३१ पालिकामा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ वटा नगरपालिका, ५४ वटा गाउँपालिका रहेका छन् । कुल ७९ स्थानीय तहका जम्मा ७ सय १८ वडाहरु रहेका छन् । ४८ पालिकामा अझै आधारभूत अस्पताल निर्माण हुन सकेको छैनन् । जटिल भूगोल रहेको कर्णालीमा अझैं सबै पालिकामा आधारभूत तह अस्पताल नहुँदा स्थानीयबासीहरु समस्या भोग्दै आएका छन् । २० वर्ष नपुग्दै आमा हुने प्रवृत्तिले स्वास्थ्य समस्या जटिल बन्दै जाँदा बालविवाह न्यूनीकरण लगायतका कार्यक्रमलाई पनि समन्वयका साथ प्रदेशभरका सबै स्थानीय तहसँग काम गर्ने योजना सरकारको रहेको छ ।

Translate »