वीरेन्द्रनगरमा दश लाख राशीको तुलसी वेसहारा सहयोग अक्षय कोष स्थापना

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा दश लाख राशीको तुलसी वेसहारा सहयोग अक्षय कोष स्थापना गरिएको छ ।

गरिव, विपन्न तथा वेसहारा नागरिकको उत्थानका लागि उक्त राशीको वेसहारा सहयोग अक्षय कोष स्थापना गरिएको हो । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न तुलसी सेवा फाउण्डेशन, सुर्खेतको चौथो वार्षिक साधारण सभाको अवसरमा उक्त राशीको अक्षय कोष स्थापना गरिएको हो ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले तुलसी सेवा फाउण्डेशनले समाजका विपन्न, असाहयको सेवा तथा सहयोग गरेर सराहनिय कार्य गरेको बताए । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति पदमलाल देवकोटाले निःस्वार्थ समाज सेवा गर्नु सबैभन्दा महान कार्य भएको जिकिर गरे ।

कार्यक्रममा तुलसी सेवा फाउण्डेशनमा आवद्ध आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरणसँगै ८ लाख ९३ हजार ५ सय ३७को आयव्यय सार्वजनिक गरिएको छ । सोही अवसरमा अब संस्थाको नाम संशोधन गरी ‘तुलसी सेवा केन्द्र नेपाल’ बनाईएको छ ।

सभामा १ सय ५० जना विपन्न बालबालिकालाई स्कुल ड्रेस र कापीकलम वितरण गर्ने लगायतको प्रगति प्रतिवेदन संस्थाका कोषाध्यक्ष ज्ञानेन्द्रबहादुर विश्वकर्माले जनाए । संस्थाका अध्यक्ष रगवीर विश्वकर्माको अध्यक्षतामा शुरु भएको कार्यक्रम सचिव धनबहादुर चुनाराले सञ्चालन गरेका थिए ।

Translate »