एनपिएल : कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य

काठमाडौं । ओपनर प्रियाङ्क पान्चालले ९० रनको विस्फोटक अर्धसतकीय पालि खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि चितवन राइनोजलाई एक सय ६७ रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६६ रन बनायो ।

कर्णालीका लागि पान्चालले ४८ बलमा सात चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै पवन सर्राफले अविजित २७, अर्का ओपनर म्याक्स ओ डाउडले २० र मार्क वाटले १६ रन बनाए ।

बलिङमा चितवनका सैफ जइव, रवि बोपरा र सोहिल तान्भिरले एक एक विकेट लिए ।

Translate »