आन्तरिक मामिला तथा कानून मन्त्रालयका गतिविधि रेडियो नेपालबाट प्रसारण हुने

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत हालै गाभिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका गतिविधिहरु अब रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट प्रसारण हुने भएका छन् ।

बुधबार सुर्खेतको वीरेन्द्रनगरमा उक्त मन्त्रालय र रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबीच खस भाषाको समाचारमूलक रेडियो कार्यक्रम र प्रदेश गतिविधि सम्बन्धी कार्यक्रम उत्पादन तथा प्रसारण गर्नका लागि द्विपक्षीय सम्झौंता भएको हो ।

रेडियो कार्यक्रमले प्रदेशकोे सूचना प्रवाहलाई संस्थागत, प्रभावकारी तथा सहज बनाउँदै सार्वजनिक सरोकारका विषयहरुलाई नागरिक समक्ष छिटोछरितो र विश्वसनीयरुपमा पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको बताईएको छ ।

कर्णाली प्रदेश सरकारका कार्यक्रम, योजना र गतिविधिहरुलाई रेडियो नेपालले व्यावसायिक ढंगले उत्पादन गर्दै स्थानीय तह, सार्वजनिक सेवा वितरण, नागरिक सरोकार, कानूनी सचेतना, विपद् व्यवस्थापन, सुशासन जस्ता विषयलाई महत्वका साथ प्रसारण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतापछि आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले प्रदेशको पहिचानसँगै नागरिक–सरकार बीचकोे सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको बताए ।

उनले सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपालको प्राविधिक क्षमता, दक्ष जनशक्ति र प्रसारण पहुँचकोे उपयोग गर्दै प्रदेशभरी सार्वजनिक सूचनाको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे ।

सोही अवसरमा रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख विजय वर्माले कर्णाली प्रदेश सरकार र सञ्चार माध्यम बीचको सहकार्यलाई अझ बलियो बनाउँदै नागरिक–मैत्री सञ्चार, सूचनाको पहुँच, पारदर्शिता र सार्वजनिक सेवाको प्रभावकारितालाई थप मजबुत बनाईने बताए ।

उनले कर्णाली प्रदेश सरकारका दुबै कार्यक्रमलाई उच्च प्राथमिकताका साथ रेडियो नेपालले उत्पादन तथा प्रसारण गरी प्रदेशकोे कृषि, पर्यटन, उद्योग, सामजिक विकासका मुद्दाहरुलाई प्रमुखता दिइने जनाए ।

कार्यक्रम सम्झौताले कर्णालीको पहिचान ‘खस भाषा’ कोे संरक्षण सम्वद्र्धन गरी लोक संस्कृतिको जगेर्ना गर्न समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

Translate »