संगम बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न


वीरेन्द्रनगर । संगम बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष डिलाकुमारी भट्टराईको अध्यक्षता र सल्लाहकार पवित्राकुमारी गिरीको प्रमुख आतित्थ्यतामा शनिबार सुर्खेतको वीरेन्द्रनगर सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि ३ करोड ३९ लाख ९७ हजार ४ सय ८० रुपैयाँको प्रस्तावित आय व्यय प्रस्तुत गरेको हो ।
संस्थाका कोषाध्यक्ष शेरबहादुर खड्काले आर्थिक वर्ष २०८१/०८२ को यथार्थ आय–व्यय २ करोड ७३ लाख २० हजार ३ सय ३० रुपैयाँसँगै आर्थिक वर्ष २०८२/०८३ को संशोधित आय–व्यय ३ करोड ३ लाख ५६ हजार ६ सय ७८ रुपैयाँ सार्वजनिक गरे । सभामा सहकारी संस्थाका सञ्चालक समितिको तर्फबाट संस्थाका सचिव रचना कार्कीले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदनसँगै आर्थिक वर्ष २०८२/०८३ को संशोधित नीति कार्यक्रम तथा आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तावित कार्यकमहरु पेश गरिन् ।

सभाले आर्थिक वर्ष २०८१/०८२ मा पुरस्कृत तथा सम्मान कार्यक्रम अन्तर्गत असल उद्यमीकर्ता शेयर सदस्यमा निर्मला पाठक, असल मासिक बचत शेयर सदस्मा नन्दा गौली चपाई, असल मासिक बचत शेयर सदस्यमा राधिका खड्का एवम् संगम छात्रवृति सम्मान तथा पुरस्कृत कार्यक्रमतर्फ कक्षा १० (एसईई) मा सबैभन्दा उत्तम ग्रेडमा उत्तिर्ण गरेका सेयर सदस्यका छोराहरु मध्य पुष्पराज खड्कासँगै जेष्ठ शेयरसदस्य सम्मानतर्फ दिलकुमारी खनाललाई सम्मान गरेको हो ।
साधारण सभालाई पवित्राकुमारी गिरी, अनिता ज्ञवाली लगायत दिग्गज युवा सहकारी नेत्रीहरुले संस्थाको उत्तरोत्तर प्रगतिका लागि शुभकामना दिएको संस्थाका सल्लाहकार कांशीराम भट्टराईले जानकारी दिए ।


