मौसम सम्बन्धि प्राविधिक शब्दहरुको सरलीकरण कार्यशाला सम्पन्न

वीरेन्द्रनगर । बीबीसी मिडिया एक्शनले मौसम, बाढी र विपद्मा प्रयोग हुने प्राविधिक शब्दहरुको सरलीकरण कार्यशाला सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न गरेको छ ।

कार्यशालामा मौसम सम्बन्धि सूचनामा प्राविधिक शब्दहरु बढी हुने भएकाले आम बोलचालको भाषामा बुझिने गरी शब्दहरुको सरलीकरणका लागि कृषक, कलाकार, शिक्षक, लेखक, निर्देशक, संस्कृतिकर्मीसँगै पत्रकारहरु वीच छलफल गरिएको हो ।

छलफलबाट मौसम, बाढी र विपद्मा प्रयोग हुने प्राविधिक शव्दहरुको स्थानीय स्तरमा बोलिने भाषाका रुपमा सरलीकरण गरी बुझ्ने/बुझाउने प्रयास गरिएको थियो ।

कार्यशालामा बीबीसी मिडिया एक्शनका मेघराज रसायली र रञ्जना श्रेष्ठले मौसम तथा जलवायु सम्बन्धि बढी प्रयोग हुने प्राविधिक शब्दहरुको सरलीकरणका लागि कार्यशालाका सहभागिहरुसँग अन्तरसम्वाद गरेका थिए ।

कार्यशालालाई सहज र सरल तरिकाले सफल बनाउन बीबीसी मिडिया एक्शनका स्थानीय प्रतिनिधि प्रकाश पन्तले प्रभावकारी समन्वय तथा सहयोग गरेका थिए ।

बीबीसी मिडिया एक्सन, बीबीसीको अन्तर्राष्ट्रिय विकास परोपकारी संस्था हो । जसले मिडिया र सञ्चारको प्रयोग गरेर गरिबी घटाउन, स्वास्थ्य र अधिकार सुधार गर्न काम गर्दछ । यो स्वतन्त्ररुपमा वित्त पोषित छ र विश्वभरका विकासशील देशहरुमा काम गर्दै आईरहेको छ ।

संकटमा परेका समुदायहरुका लागि विश्वसनीय सूचना तथा जानकारी दिएर उनीहरुको जीवनरुपान्तरका लागि मुख्यतहः स्वास्थ्य, शासन, मानवीय सहायता, शिक्षा तथा जलवायु जस्ता क्षेत्रहरुमा बीबीसी मिडिया एक्सनले  काम गर्दछ ।

Translate »