मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुर्खेत ।  सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर–१३, की ७० वर्षीया लक्ष्मी लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको हो । धुलियाबिटबाट बजारतर्फ जाँदै गरेको क.प्र.०२००२प–३२७१ नम्वरको मोटरसाइकलले मंगलबार वीरेन्द्रनगर नगरपालिका–११, पिपिराचोकमा ठक्कर दिँदा घाईते लामिछानेलाई प्रदेश अस्पताल कालागाउँ पु¥याइएपनि उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मोटरसाइकल चालक सुर्खेतको लेखबेशी नगरपालिका–३, का २९ वर्षिय हर्कबहादुर बस्नेतको समेत बाँया आँखामा र दाहिने हातमा चोट लागेपनि उपचारपछि प्रहरीले नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दामा अनुसन्धान अघि बढाईएको जनाएको छ ।

Translate »