नेकपाद्वारा कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन


सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ ।
शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई ध्वनी मतको आधारमा बहुमतबाट संसदीय दलको नेता चयन गरेको हो । दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट, दुर्गाबहादुर रावत र मंगलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनी मतले बहुमतको आधारमा शाहीलाई दलको नेता चुनिएको छ ।

दलको नेताका लागि शुक्रबार बसेको बैठकमा रणसिंह परियार र कृष्णबहादुर जिसी समेतले दाबी गरेका थिए । तर आजको बैठकमा परियार र जिसीले सहमतिका लागि दाबी छोडेका हुन् ।
तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुअघि कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा माओवादी केन्द्रको संसदीय दलको नेता थिए ।
गएको मंसिर १७ गते दलको नेताबाट उनले राजीनामा दिएर जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा हाल आवद्ध छन् ।

