रुकुम पश्चिमबाट प्रतिनिधि सभा निर्वाचनका लागि १२ जनाको उम्मेदवारी

रुकुम पश्चिम । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पश्चिममा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय खलङ्गामा आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म १२ जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेबाट नन्दराम देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल शर्मा (अनल) र नेपाली कांग्रेसबाट राजु केसीले उम्मेदवारी दिएका छन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल खड्का र राष्ट्रिय जनमोर्चाबाट सत्य नारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै नेकपा (माओवादी) बाट चन्द्रबहादुर बुढा, उज्यालो पार्टी नेपालबाट नरेन्द्र केसी नेकपा संयुक्तबाट शेरबहादुर केसी, आम जनता पार्टीबाट प्रेमा दमाई नेपाली र नेपाल मजदुर किसान पार्टीबाट धनबहादुर बिकले उम्मेदवारी दर्ता गराएका छन् ।

यसपटक रुकुम पश्चिमबाट स्वतन्त्रमा कुनै पनि उम्मेदवारको उम्मेद्वारी परेको छैन । तर १२ जना उम्मेदवारमा भने एक मात्र महिला प्रेमा दमाई नेपालीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

Translate »