राष्ट्रिय वाणिज्य बैंकले कर्णालीका १२६ जना ऋणी र निक्षेपकर्तालाई सम्मान ग-यो

सुर्खेत । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कर्णालीका असल कारोबार गर्ने १ सय २६ जना ग्राहकलाई कदरपत्रसहित सम्मान गरेको छ ।

बैंकको कर्णाली प्रादेशिक कार्यालयले ६१ औं स्थापना दिवसको सन्दर्भ पारेर विभिन्न विधामा ऋण लिई असल कारोबार गर्ने ग्राहकलाई सम्मान गरेको हो । बैंकको सुर्खेत स्थित ६ वटा शाखाहरुले ऋण लिई असल कारोबार गर्ने ४२ जना ग्राहकलाई विभिन्न विधामा सम्मान गरेका छन् ।

सम्मानित हुनेमा निक्षेपलगायतका कारोवारलाई निरन्तरता दिने पञ्चपुरी नगरपालिका–२, का शिवप्रसाद खनाल, दैनिक डिजिटल कारोवारलाई प्रोत्साहित गर्ने दैलेखको दुल्लु नगरपालिका–३, का पूर्णबहादुर कार्की मेसर्स डेनिस अटो सप एण्ड सप्लायर्सका प्रोपराईटर गणेशकुमार बस्नेत, मेसर्स न्यू पशुपति सुन चाँदी पसलका प्रोपराईटर नरबहादुर सुनार, मेसर्स एसबि ट्रेडर्स एण्ड सप्लायर्सका प्रोपराईटर जितनारायण विसी र रञ्जिताकुमारी थापा, मेसर्स सिम्रिक इन्टरप्राईजेजका प्रोपराईटर सरस्वती पौडेललाई सम्मान गरिएको बैंकको मुलपानी शाखा प्रबन्धक नेमबहादुर शाहीले जानकारी दिए ।

यसैगरी बैंकको सुर्खेत शाखाबाट लक्ष्मी दिवाली, लालबहादुर थापा, विजयराम देवकोटा, शिवराज खड्का, गोविन्दबहादुर सिंह, न्यू दैलेखी ज्वाला ज्वैलर्सका प्रोपराईटर, डिलबहादुर थापा, ऊँ नमः शिवाय हार्डवेयरका प्रोपराईटर कल्पना श्रेष्ठ, तृप्ति मेडिकल हलका प्रोपराईटर बालकुमारी रखाल, मोर्डन कलेक्सनका प्रोपराईटर तुल्सी गौतम, सिद्धार्थ सनी रिसोर्ट, रिद्दी सिद्दी कापी उद्योगका प्रोपराईटर सिता केसी, रुपा कृषि तथा पशुपंक्षी फर्मका प्रोपराईटर रुपा श्रेष्ठलाई सम्मान गरिएको बैंकका सुर्खेत शाखा प्रबन्धक कृष्णप्रसाद अर्यालले बताए ।

उनीहरुलाई कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह एवं राष्ट्रिय वाणिज्य बैंक कर्णाली प्रादेशिक कार्यालय प्रमुख प्रबन्धक दुष्यन्तराज निरौलाले कदरपत्रमार्फत सम्मान गरे । कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शाहले उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर बैंकले कर्जा प्रवाह गर्न आवश्यक रहेको औल्याए ।

उनले हाल पूँजीबजार, निर्माण, सेवा, लगानी प्रवद्र्धन एवं विकास निर्माणका क्षेत्रमा सकारात्मक संकेत देखिएकाले उत्पादन क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको जनाए । सम्मान ग्रहण गर्दै अधिकांस सेवाग्राहीले बैंकको सेवा सुलभ र सरल भएको भन्दै व्यावसायिक कर्जाको क्षेत्र फराकिलो पार्न सुझाव दिए ।

 

Translate »