पश्चिम सुर्खेतको विकासमा एमालेको निर्णायक भूमिका : अध्यक्ष देवकोटा


सुर्खेत । नेकपा (एमाले) सुर्खेतका अध्यक्ष एवम् सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कुलमणि देवकोटाले निर्वाचन लक्षित भेटघाटलाई तिव्रता दिएका छन् ।
उनले आज पश्चिम सुर्खेतको चौकुने गाउँपालिका लगायतका विभिन्न क्षेत्रका नेता, कार्यकर्ता तथा मतदातासँग छलफल, अन्तरक्रिया तथा भेटघाट गरेका हुन् । देवकोटाले मतदातासँगको भेटमा पश्चिम सुर्खेतको विकासमा एमालेको निर्णायक भूमिका रहँदै आएको जनाए ।
उनले जनताको विश्वास र समर्थनले मात्र समृद्ध सुर्खेत निर्माण सम्भव हुने बताए । ‘अहिले मुलुक बनाउने र विनाश गर्ने बीचको चुनाव हो,’ उनले भने, ‘मतदाताले विध्वंस होइन निर्माण गर्ने पार्टी र शक्तिलाई चिनेर मात्र समर्थन गर्नुपर्ने छ ।’

कार्यक्रममा देवकोटासँगै एमाले केन्द्रीय कमिटी सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नवराज रावत, प्रदेश कमिटी सदस्य हरि खनाल, प्रदेश कमिटीका सल्लाहकार सदस्यहरु सहभागी थिए ।
अहिले खासगरी एमाले सुर्खेतले दुबै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई पार्टी पंक्तिमा केन्द्रीत गरेको छ ।


