सुर्खेतमा ईभी गाडी र मोटरसाइकल एक आपसमा टोकिँदा एक जनाको मृत्यु

सुर्खेत ।  कोहलपुर–सुर्खेत रत्न राजमार्गको वीरेन्द्रनगर स्थित सुब्बाकुना–छिन्चु सडकखण्डको भाङघारीमा ईभी गाडी र मोटसाइकल एक आपसमा टोकिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर नगरपालिका–९, लाटिकोइलीका ४३ वर्षिय पदमबहादुर विसीको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको हो ।

ट्राफिक प्रहरीका अनुसार सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ज ०६२३ नम्बरको ईभी गाडी र बिपरित दिशाबाट आउँदै गरेको भे ६ प–३३२१ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिँएर घाईते हुनु भएका मोटरसाइकल चालक विसीको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको हो ।

घटना लगत्तै फरार ईभि गाडी चालक र गाडी नियन्त्रण लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Translate »