२०८३ भदौ ७ , आइतबार
Sky News Nepal
August 23, 2026

एमाले कर्णालीले बनायो यामलाल कँडेलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी



सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका केन्द्रीय सचिव यामलाल कँडेलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

मंगलबार बसेको नेकपा एमाले कर्णाली प्रदेश कमिटिको नवौं सचिवालय बैठकले कँडेलको संयोजकत्वमा चार सदस्यीय कमिटि गठन गरेको हो । कमिटीको सदस्यहरुमा कालिकोटका मावन वम, दैलेखका वीरबहादुर रावत र सुर्खेतका हरिहरनाथ योगी रहेको नेकपा एमाले कर्णाली प्रदेश कमिटी सचिवालय सदस्य तथा संगठन विभाग उपप्रमुख इन्द्रबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार यस निर्वाचन परिचालन समितिले १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा एमालेको चुनावी प्रचारप्रचार लगायतका विषयमा आएका समस्याहरुको समाधानमा सँगै निर्वाचन आयोग, प्रशासन, सूरक्षा निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्नेछ।

यस्तै, बैठकले विभिन्न जिल्लाहरुबाट ६ जना नेतालाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ। जसमा सुर्खेतबाट कोकिला सिंह र धीरबहादुर शाही, सल्यानबाट कुलबहादुर गिरी र दानबहादुर शाही, जाजरकोटबाट बेदबहादुर शाही र दैलेखबाट वीरबहादुर रावतलाई मनोनित गरिएको केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ माघ १२ गते सोमबार
Translate »