दैलेख–२, मा एमालेका लक्ष्मी पोखरेल विजयी


दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्वर २ बाट नेकपा (एमाले) का लक्ष्मी पोखरेल बिजयी भएका छन् ।
पोखरेलले १३ हजार ८ सय ८९ मत पाएर नेपाली काँग्रेसका दिक्पाल शाहीलाई पराजीत गरेका हुन् । शाहीले ९ हजार ५ सय ५२ मत प्राप्त गरे ।

पोखरेलले शाही भन्दा ४ हजार ३ सय ३७ मत बढी ल्याएर बिजयी भएका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पाटीका बखत शाहीले ६ हजार ७ सय ९७ मत ल्याएका छन भने नेपाली कम्युनिष्ट पार्टीका योगेन्द्र शाहीले ३ हजार ८ सय ५१ मत ल्याएका हुन् ।
एक सीटका लागि ११ जना प्रतिस्पर्धी रहेको उक्त निर्वाचन क्षेत्रमा कुल ३९ हजार ८ सय ७३ मत गणना गरिएको मध्ये ३ हजार ३ सय ६० मत बदर भएका छन् ।

