खनिजजन्य उद्योगबाट २ अर्ब बढी राजस्व

काठमाडौं । खानी तथा भूगर्भ विभागका अनुसार खनिजजन्य उद्योगबाट २ अर्ब १४ करोड राजस्व संकलन भएको छ ।

विभागका अनुसार चुनढुंगा, रातोमाटो, धातु, पत्थरलगायत खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट गत आर्थिक वर्ष ९आव० र चालू आवको पहिलो ८ महीनामा गरी सो राजस्व संकलन भएको हो ।

गत आवमा विभागले चुनढुंगा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिंक, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामा उत्खननको अनुमति दिएको बताएको छ ।

Translate »