गर्मी बढेसँगै ‘कर्णाली फन पार्क’ मा ‘मुड फ्रेस गर्ने’ को घुईचो

सुर्खेत । गर्मी बढेसँगै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको हिलेखाली स्थित ‘कर्णाली फन पार्क’ आम नागरिकको रोजाईमा पर्दै गएको छ ।

आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि सञ्चालनमा ल्याईएको ‘कर्णाली फन पार्क’ मा बालबालिकादेखि परिवारसम्म एकै ठाउँमा घुम्न र रमाइलो गर्न जाने सुरक्षित ठाउँ भएकाले सबैको रोजाईमा पर्न गएको हो ।

आन्तरिक पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको लगानी अभाव भइरहेका बेलामा सुर्खेतका चर्चित बालरोग विशेषज्ञ डाक्टर नवराज केसीको लगानीमा बालबालिकादेखि, विद्यार्थी, युवायुवती र पारिवारिक सदस्यहरुले एकै ठाउँमा मनोरञ्जन लिनसक्ने गरी ‘कर्णाली फन पार्क’ सञ्चालनमा ल्याईएको छ ।

बैशाख १० गतेदेखि सञ्चालनमा ल्याईएको फन पार्कमा तुलनात्मकरुपले सस्तो दररेटमा टिकेट पाउनुका साथै गुणस्तरीय खाजानास्ताका साथ बालबालिकाका केन्द्रित सुईमिङ पुल तथा टियु र म्याट राखिएकाले सबैको रोजाईमा पर्न गएको हो । गर्मीयाममा नुहाउने चिसो पानीका ३ वटा सुईमिङ पुल तथा टियु र म्याटसँगै ओप चलाउदा समुद्री छाल जस्तो आउने भएकाले दर्शकका लागि नौलो दृश्य रहेको पार्कका व्यवस्थापक चन्द्रबहादुर  केसीले बताए ।

उनले पन पार्क घुम्न आउने पर्यटकका लागि भित्रै खाजा नास्ताको लागि रेस्टुरेन्टको समेत व्यवस्था गरिनुका साथै बालबालिकालाई सुईमिङको विशेष व्यवस्था गरिएको जनाए । उनका अनुसार एउटै टिकटबाट विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म फन पार्कको सदुपयोग गर्न सकिनेछ ।

फन पार्कको अर्को विशेषता भने जल, जंगल पर जमिन सँगको कनेक्टविटीलाई आत्मसात गर्दै गुम्बा, झरना, जनावर राउटे समुदायको भेषभुषा, रहनसहन, खानपान, साँस्कृतिकसँगै परम्परागत वस्तु प्रर्दशनमा राखिएका छन् । जुम्लारोडको हिलेखालीमा सञ्चालित फनपार्कले उमेर अनुसारको तीन वटा पौडी पोखरीको ब्यबस्था गरेकाले यो गर्मीयाममा सबै अभिभावक र बालबालिकाको प्रमुख गन्तब्य बनेको पार्कका व्यवस्थाक केसीले बताए ।

उनले एकै दिनमा करिब तीन हजार जना रमाउन सक्ने गरी करिब तीन विगाहा क्षेत्रफलमा फनपार्क सञ्चालनमा ल्याईएको जनाए । उनका अनुसार आन्तरिक पर्यटक भित्र्याउन वीरेन्द्रनगरको पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ स्थापित पार्कमा वाटर पार्क, एम्युजमेन्ट पार्क, लेजी रिभर, गो कार्टिङ र लार्जेस्ट वेभ पुलमा मनोरञ्जल लिन सकिन्छ ।

स्वास्थ्य र सुरक्षा सम्बन्धी सम्पूर्ण व्यबस्थालाई ध्यान दिई स्वास्थ्य मापदण्डको व्यबस्था, गुणस्तरीय उपकरण राखिएको उनले बताए । हाल फन पार्कले ३० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिन सुरु गरेको उनको भनाइ छ ।

Translate »