खाद्य कम्पनीद्वारा हुम्लाबाट ४३ लाखको सिमी खरिद

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हुम्लाबाट ४३ लाखको सिमी खरिद गरेको छ ।

कम्पनीको हुम्ला शाखाले चालु आर्थिक वर्षको हालसम्म ४३ लाख १४ हजार रुपैयाँको स्थानीयले उत्पादन गरेको सिमी खरिद गरेको हो । शाखाका लेखापाल कैलाश ऐडीले हालसम्म २३ हजार ९ सय ७० किलो सिमी खरिद गरी बिक्रीका लागि सुर्खेत पठाइएको जनाए ।

उनले हुम्ला सडक सञ्जालसँग जोडिएपछि बजारमा पर्याप्त मात्रामा चामल उपलब्ध हुँदा गत वर्षहरुको तुलनामा कम्पनीको चामलको बिक्री भने घट्दो क्रममा रहेको बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म कार्यालयले ५ करोड ७० लाख ७१ हजार ८ सय २१ रुपैयाँ बराबरको चामल, तेल र चिनी बिक्री गरी ७ हजार ९ सय ४२ क्विन्टल चामल मौज्दात रहेको छ ।

Translate »