मदन–आश्रितको ३३ औं स्मृति दिवसमा विरामीलाई फलफूल वितरण

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औं स्मृति दिवसमा आज सुर्खेतमा स्मृतिसभा सहित विविध कार्यक्रम गरिएको छ ।

एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा र उपाध्यक्ष मोहनसिंह बडुवालको अगुवाईमा गएका नेता तथा कार्याकर्ताहरुले अस्पतालका बिरामीलाई फलफूल वितरण गरेका छन् ।

त्यसअघि वीरेन्द्रनगर स्थित पार्टी कार्यालय हटियालाईनमा मदन–आश्रितको ३३ औं स्मृति दिवसमा नेता तथा कार्याकर्ताहरुले दिवङ्गत नेताद्वयको तस्बिरमा माल्यार्पण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

जननेता भण्डारी र नेता आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।

Translate »