ऊर्जा मन्त्री शेष्ठद्वारा जगदुल्ला हाईड्रोपावर निर्माण कार्यको उद्घाटन


डोल्पा । ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्री बिराजभक्त श्रेष्ठले फिस्टेल एयरबाट डोल्पा पुगेर जगदुल्ला हाइड्रोपावर निर्माण कार्यको उद्घाटन गरेका छ्न ।
डोल्पाको मुड्केचुला गाउँपालिका इलमा १०६ मेगावाट उत्पादन क्षमता रहेको जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको औपचारिक कार्य शुभारम्भ गर्नको लागि मुख्य सुरुङ्गमा बिस्पोटन गरि उद्घाटन गरेका हुन् ।


डोल्पा पुगेका मन्त्री श्रेष्ठले हाईड्रोपावरले यहाँका स्थानिय आम नगरिकहरुलाई रोजगार , लगायत बिभिन्न लाभ मिल्ने बताए । आयोजनाले यहाँका स्थानीय र डोल्पाबासिका लागि मात्र नभएर सिङ्गो कर्णाली प्रदेशलाई समेत लाभ पुग्ने जनाए ।
बिहीवार काठमाडौदेखि सुर्खेत हुँदै डोल्पाको मुड्केचुलाको इलमा पुगेर उद्घाटन तथा जगदुल्ला गाउँपालिकाको हाईड्रोपावरको ड्याम साईड अनुगमन पछि आजै बेलुकी सुर्खेत फर्किने कार्यक्रम रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।


