२०८३ साउन ९ , शनिबार
Sky News Nepal
July 26, 2026

पहिरोले च्यापिएर तीन वर्षीय बालकको मृत्यु, दुई घाइते



मुगु । मुगुको पुलु बजारमा घरमाथि ढुंगा सहितको पहिरोले च्यापिएर एक बालकको मृत्यु भएको छ ।

आज विहान मुगम कार्मारोङ गाउँपालिका–५, पुलु बजारमा सुतिरहेको अवस्थामा पहिरोले च्यापिएर तीन वर्षिय बालक रमेश बडुवालको मृत्यु भएको हो । पहिरोले च्यापिएका रमेशलाई प्रहरी चौकी डोल्फुबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्दार गरी स्वास्थ्य चौकी पु¥याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोमा परी मृत्तकका बुवा ३२ वर्षिय जगनाथ बडुवाल र आमा २७ वर्षीया सृजना बडुवाल सामान्य घाईते भएका छन् । घाईतेको स्थानीय पुलु स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

पुलु बजारमा भाडाको घरमा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्पका जगनाथ, उनकी श्रीमती सृजना र छोरा रमेश सुतिरहेको अवस्थामा माथिबाट ढुंगा सहितको पहिरो घरमा खसेको थियो ।

पहिरोले उक्त घर पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ । साथै, थप क्षति हुन सक्ने जोखिमका कारण आसपासका आठ वटा घर उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ९ गते शनिबार
Translate »