२०८३ साउन ९ , शनिबार
Sky News Nepal
July 26, 2026

कर्णालीमा अर्को सरकार गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने



सुर्खेत । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका छन् ।

प्रदेश प्रमुखको कार्यालयबाट शनिबार जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोकेको उल्लेख छ ।

प्रदेश प्रमुख जोशीले मुख्यमन्त्री यामलाल कँडेलले दिएको लिखित राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव तथा प्रवक्ता भीमराज थानीले बताए ।

मुख्यमन्त्री कँडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएका थिए ।

 

प्रकाशित मिति : २०८३ साउन १० गते आइतबार
Translate »